एजेन्सी । श्रीमानको अन्तै ‘अफेयर’ भएको थाहा पाएपछि रिसाएकी महिलाका कारण विमान नै ‘डाइभर्ट’ गरिएको छ । आइतबार श्रीमान श्रीमतीको झगडाको कारण कतार एयर्लाइन्सको दोहा- बालि फ्लाइट डाइभर्ट गरिएको हो ।

SBS News का अनुसार, इरानको एक परिवार विमानमा यात्रा गरिरहेको थियो। श्रीमान निदाएको बेला, मोबाइलको स्क्यानरमा श्रीमानको औला राखिदिएर लक खोलिन् ।

श्रीमतीले श्रीमानको मोबाइल चेक गरिन् र श्रीमानको अन्तै अफेयर रहेको चाल पाइन् । मदिरा समेत पिएकी उनि रिसले चुर भइन् र श्रीमान कुट्न थालिन् । विमानका चालक दलका सदस्यहरु उनीहरुलाई छुट्टाउन आए । त्यसपछि उनले चालक दलका ती सदस्यहरुलाई पनि हात हाल्न थालिन् । स्थिति सामान्य हुने नदेखिएपछि, अन्त्यमा पाइलटले विमान डाइभर्ट गरेर भारतको चेन्नईमा अवतरण गराए ।

विमान अवतरणपछि उक्त इरानी परिवार विमानबाट ओर्लियो । इरानी परिवारलाई त्यहीं छोडेर विमान केही समयपछि आफ्नो गन्तव्यको लागि उडेको थियो।

Comments

comments