मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा एक स्कुलको कक्षाकोठाभित्र कारले लागेर दुई बालकको मृत्यु भएको छ । SBS News का अनुसार कक्षाकोठाभित्र कार छिर्दा भयानक दुर्घटना भएको हो ।

ग्रिन्केयरको बैंकसिया रोड प्राइमरी स्कूल मा बिहान करीब 9.45 बजे 52 वर्षीय एक महिलाको टोयोटा क्लूगर अनियन्त्रित भइ स्कुलभित्र छिरेको थियो । २४ बालक र १७ बालिका भएको कक्षाकोठामा भएको दुर्घटनाबाट ८ वर्षका दुई बालकको मृत्यु भएको छ। अर्की नौं वर्षिया बालिकाको स्थिति गम्भीर छ भने अन्य दुई बालिकाको अवस्था स्थिर रहेको बताइएको छ ।

पुलिसले कक्षाकोठाभित्र जाँदा, त्यहाँ बताउने नसकिने भयानक दृष्य देखिएको बताएको छ । पुलिसका अनुसार, यो नियोजित घटना नभएर दुर्घटना हो । कारकी चालक भने सकुशल छन्। पुलिस दुर्घटना कसरि भयो भन्नेमा अनुसन्धान गरिरहेको छ।

समाचार, तस्बिर स्रोत : SBS News

Comments

comments