एजेन्सी । पूर्व मिडफिल्डर आन्द्रेया पिरलोले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । २००६ मा राष्ट्रिय टिमलाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका पिरलोले ट्वीटर मार्फत सन्यासको घोषणा गरेका हुन् ।

३८ वर्षीय यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। अहिले, उनले क्लब फुटबलबाट पनि सन्यासको घोषणा गरेका हुन् । पिरलोले न्युयोर्क सिटीका लागि अन्तिम खेल खेलका छन् । पिरलोले इन्टर मिलान, एसी मिलान र युभेन्टसबाट खेलेका छन् ।

उनी दुई वर्षअघि मेजर लिग सकर ब्लब न्युयोर्क सिटी गएका हुन् । पिरलोले ट्वीटर मार्फत सन्यासको घोषणा गर्दै आफूले खेलेका सबै क्लबबाट खेल्न पाउनु सम्मानको कुरा रहेको बताएका छन् ।

पूर्व क्लब युभेन्टसले उनलाई साँचो प्रतिभा रहेको बताएको छ । पिरलोले खेल जीवनमा ६ पटक सिरी ए उपाधि, दुईवटा कोपा इटालियाको उपाधि, दुई पटक च्याम्पियन्स लिग र एक पटक विश्वकप फुटबलको उपाधि जितेका छन् ।

Comments

comments