काठमाडौं । शिक्षा मन्त्रालयले विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई यही शैक्षिक वर्षदेखि नै नयाँ भर्ना लिने गरी सिट निर्धारण गर्न नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयअन्र्तगतको मेहिकल काउन्सिलले आफै अनुगमन गरेर सिट निर्धारण गर्ने अधिकार छ  । शिक्षामन्त्री गोपालमा श्रेष्ठको निर्देशनमा काउन्सिललाई निर्देशन सहतिको पत्राचार गरिएको हो । सन्बन्धन खारेज गर्ने त्रिवि निर्णय कार्यानवयन नगर्नु भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन बहानामा यस्तो निर्देशन दिइएको हो ।

Comments