मेलबर्न । अष्ट्रेलिया आउनेहरुको लागि आर्थिक व्यवस्थापन एउटा चुनौती हो । विद्यार्थीहरुलाई पढाइ खर्च, आफ्नो अष्ट्रेलिया वसाई खर्च र त्यसपछि आफ्नो परिवारको आशा सबैतिर ध्यान पुर्याउनुपर्ने हुन्छ । यदि अष्ट्रेलिया बस्दा लाग्ने आफ्नो खर्चबारे पहिल्यै जानकार रहन सकियो भने, त्यही अनुसार योजना बनाएर अगाडी बढ्दा, आर्थिक व्यवस्थापन गर्न सजिलो हुन्छ । यहाँ अष्ट्रेलिया बसाइमा लाग्ने खर्च उल्लेख गरिएको छ, जुन consumer price index को आधारमा तयार पारिएको हो ।

खर्च विवरण यस्तो छ :

बसाई खर्च

होस्टल अथवा गेस्टहाउस : ९० देखि १५० डलर प्रति हप्ता

सेयरिङ्गमा भाडामा बस्दा : ८५ देखि २१५ डलर प्रति हप्ता

क्याम्पसमै बस्दा: ९० देखि २८० डलर प्रति हप्ता

होमस्टे : २३५ देखि ३२५ डलर प्रति हप्ता

भाडामा बस्दा : १६५ देखि ४४० डलर प्रति हप्ता

बोडिंग स्कुलमा बस्दा : ११ हजारदेखि २२ हजार डलर प्रति वर्ष

खाना खर्च

किराना सामान र बाहिर खाने खर्च : ८० देखि २८० डलर प्रति हप्ता

ग्यास र बिजुली : ३५ देखि १४० डलर प्रति हप्ता

बाहिरि खर्च

फोन र इन्टरनेट : २० देखि ५५ डलर प्रति हप्ता

सार्वजनिक यातायात : १५ देखि ५५ डलर प्रति हप्ता

कार किनिसकेपछिको खर्च : १५० देखि २६० डलर प्रति हप्ता

मनोरंजन : ८० देखि १५० डलर प्रति हप्ता

अष्ट्रेलियाको अध्यागमन विभागका अनुसार विद्यार्थी भिसाको लागि न्युनतम आर्थिक मापदण्ड पुग्नुपर्छ । जुन यसप्रकार छ :

तपाईं : १९ हजार ८ सय ३० डलर प्रतिवर्ष

जीवनसाथी : ६ हजार ९ सय ४० डलर प्रतिवर्ष

बच्चा : २ हजार ९ सय ७० डलर प्रतिवर्ष

 

Comments