मेलबर्न। विदेशमा रहंदा नेपालको बोली भाषादेखि लिएर प्रत्येक कुरा प्रिय हुन्छ। नेपालको चिन्ह अंकित वस्तुहरु, नेपालको झण्डा देख्दा जोकोही भावुक हुन्छ। यस्तै अहिले अष्ट्रेलियाको रेलमा टाँगीएका नेपालको झण्डा भएका पोस्टरहरुले सबैलाई भावुक बनाइरहेका छन् ।

ती पोस्टरहरु आगामी ३ डिसेम्बरका दिन हुन लागेको ‘माइ नेपाल फेस्ट’को प्रचारको लागि सिड्नी र मेल्बर्नमा चल्ने आठवटा रेलमा टाँगीएका हुन् । यो प्रचारशैली महँगो पर्ने भएका कारण, आजसम्म अष्ट्रेलियामा भएका कुनै पनि नेपाली कार्यक्रमको लागि प्रयोग गरिएको थिइएन । आयोजक स्मार्ट एक्सिस एन्ड इन्टरटेनमेन्टका निर्देशक विभुषण जोशीका अनुसार, सबैलाई चिनाउन पनि यसपल्ट कार्यक्रमको प्रचार सामग्ररी रेलमा राखिएको हो ।

Batman Royale Coburg 14 Gafney Street मा हुने ‘माइ नेपाल फेस्ट’ कार्यक्रममा नेपाल आइडल विजेता बुद्ध लामा सहित अन्तिम प्रतिष्पर्धीहरु निशान भट्टराई, प्रताप दासका साथै प्रमिला राईले प्रस्तुति दिने भएकी छिन् । डिसेम्बर ३ को दिन बिहान ११ बजेदेखि बेलुका ९ :३० बजेसम्म हुने कार्यक्रममा नेपाली परिकारको समेत मज्जा लिन सकिनेछ ।

Comments

comments