काठमाडौं । बलिवुड सुपरस्टार शाहरुख खानकी छोरी, सुहाना खान १७ वर्षकी भइन् । उनको सुन्दरता र फेशनलाई अहिले समग्र बलिवुड र भारतीय मेडियाले पच्छ्याइरहेको छ ।

गत बुधबार, आमा गौरी खान र साथीहरुसंग उनी घुम्न निस्किएकी थिईन् । उनलाई मिडियाले पच्छ्याईहाले । भारतीय संचारमाध्यमहरुका अनुसार उनले त्यो समयमा लगाएको Givenchy ब्राण्डको टिसर्टको मूल्य ५० हजार भारु पर्छ ।

मुम्बईको धिरुभाई अम्बानी स्कुलबाट स्कुले पढाइ सकेर सुहाना उच्च शिक्षाको लागि लन्डन बस्न थालेकी छिन् ।

Comments

comments