मेलबर्न । अष्ट्रेलियामा हज्रुबुवाको हत्या गर्ने किशोरीकी आमाले कडा सजाय माग गरेकी छिन् । हत्या , जसले गरे पनि हत्या नै भएको र हजुरबुवालाई मार्न सक्ने आफ्नी छोरी क्रुर भएको भन्दै आम टोन्याले कडा सजाय माग गरेकी हुन् ।

अघिल्लो अगस्टमा घटना घटेपछि हिरासतमा रहेकी छोरीसम्म उनी बोलेकी छैनन् । उनले भन्छिन् , ” मैले मेरो बुवा र मेरो छोरी दुवै गुमाए ।

उनकी छोरी १९ वर्षीय ब्रिट्नीले अघिल्लो अगस्टमा आफ्ना हजुरबुवाको हत्या गरेकी हुन् । बैंकको भरोसा नगर्ने र नगद आफैसंग राख्ने ८१ वर्षीय हजुरबुवाले लुकाएर राखेको १ लाख डलरको लोभमा उनी एक साथीसंग ब्रिसबेनबाट , अडेलेड स्थित हजुरबुवाको घरमा पुगेकी थिईन् । साथीलाई कारमै छोडेर उनी हजुरबुवासंग गइन् । आफ्नो बच्चाबेलाको फोटो देखाउने लगायत कुरा गरेर उनले हजुरबुवासंग बिदा मागिन् । जब हजुरबुवा ढोका सम्म पुर्याउन आएका थिए, उनले फर्केर चक्कुले घाटीमा र छातीमा हानिन् र हजुरबुवाको त्यहीं मृत्यु भयो ।

ब्रिट्नीले हजुरबुवाको हत्या गरेपछि पनि हजुरबुवाले लुकाएर राखेको १ लाख डलर भेटिनन् । उनले हजुरबुवाको वालेटमा बहेको १ हजार डलर निकालिन् र त्यहाँ रहेको दुई वटा डिजिटल क्यामरा समेत लिएर साथीसंग फर्किन् ।

यो घटनापछि परिवार नै खल्बलियो । घटना साहन नसकेर, ब्रिट्नीकी हजुरआमाको नर्सिङ्ग होममा उपचारको क्रममा निधन भयो। ब्रिट्नीका आमा र बाबु अलग बस्न थालेका छन् ।

अहिले ब्रिट्नी र उनकी साथी जेलमा छन् र नोभेम्बर ७ मा अदालतले उनीहरुलाई सजाय सुनाउने बताइएको छ । स्रोत

Comments