एजेन्सी। ज्याकोब थोम्प्सन नौ वर्षका भए। तर, क्यान्सर रोगका कारण उनको जीवन भने अब एक महिना मात्र बाँकी छ । उनी ‘माइनक्राफ्ट’ र ‘लेगोस’ गेम निकै मन पराउँछन् । उनी ‘स्टार वार’ श्रृङ्खलाका पनि ठूलो फ्यान हुन् । उनकी कान्छी आमा तारा आर्तिन्यानका अनुसार ज्याकोब फोटोग्राफर, गायक र कमेडियन पनि हुन् ।

यी प्रतिभाशाली बालकको आयु भने निकै कम छ । न्यूरोब्लास्टोमा’ को चाैथो चरणमा रहेका उनलाई डाक्टरले १ महिना मात्र बाँच्ने बताएका छन्। त्यसैले ज्याकोबको परिवारले यो वर्ष चाँडै नै क्रिसमस मनाउने तयारी गरेको छ । आमा मिसेल सिमार्डका अनुसार ज्याकोब आफूलाई सबैले क्रिसमस कार्ड पठाउन् भन्ने चाहन्छन् । उनलाई कार्ड पठाउने ठेगाना हो ,

Jacob Thompson
c/o Maine Medical Center
22 Bramhall Street
Portland, ME 04102
USA
ज्याकोबका बुवाले सीएनएनसंगको कुराकानीमा भनेका छन्, ‘उनलाई हलोवीनका क्रममा पनि केहीले कार्ड पठाएका थिए । उनले ती कार्ड खोलेर हेरे । उनले हामीलाई पढेर पनि सुनाए । उनी ती उपहार देखेर मज्जाले मुस्कुराए,’ । ज्याकोबले ९ वर्षमा आफूले गर्न पर्ने सबै काम गरेको बताउँदै बुवा रोजरले धेरै मानिसले ज्याकोबले जति उपलब्धि जीवनमै हासिल गर्न नसक्ने बताएका छन् ।

Comments

comments