गुल्मी । नेकपा एमाले सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता पाँच हजार रुपैयाँ हुने बताउनु भएको छ । स्थिर सरकार र समृद्विका लागि वाम गठबन्धन निमार्ण भएर चुनावी मैदानमा रहेकाले अब बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता पाँँच हजार बनाउने बताउनु भएको छ ।

गुल्मीको प्रतिनिधी सभामा क्षेत्र नम्बर २ को वाम गठबन्धनका उम्मेदवार रहनु भएका विष्टले वृद्व, अपाङ्ग, दलित, महिला जनजाती लगायत सबै क्षेत्रको संविधानमा लेखिएका अधिकारहरु व्यवहारमा लागु गर्न वाम गठबन्धन निमार्ण भएकाले निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्वि गर्ने दावी गर्नु भएको हो ।

आइतबार वाम गठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गर्नु भएको हो ।

अब बन्ने सरकारले सामाजिक सुरक्षा बृद्वि गरी पाँच हजार रुपैयाँ पुग्ने ठोकुवा गर्नुभयो ।  ‘अहिले बृद्व भत्ता मासिक दुई हजार रपैयाँ छ’, उहाँले भन्नुभयो, ‘यसलाई बढाएर मासिक पाँच हजार रुपैयाँ बनाउन कुनै समस्या छैन ।’ उहाँले देशलाई सम्पन्न मुलुकका रुपमा चिनाउन र यहाँका जनताको जिवनस्तर माथी उठाउनका लागि यो वाम एकता भएको स्पष्ट पार्नु भयो ।

Comments

comments