मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा नेपालीले संचालन गरेको रेस्टुरेन्टले एक्सिलेन्स अवार्ड पाएको छ । रुपन्देही घर भई अष्ट्रेलियामा बसोवास गरिरहेका राज खनालले संचालन गरको सुसी बारले एक्सिलेन्स अवार्ड संगै ‘आउटस्ट्यान्डिङ विजनेस अफ द ईयर २०१७’ को उपाधि पाएको हो ।

सुसी बार, जापानिज परिकार पाइने रेस्टुरेन्ट हो । अष्ट्रेलियामा आएपछि जापानी रेस्टुरेन्टबाट काम सुरु गर्दै त्यहाँ कुक बनेका राजले त्यतिबेला नै आफूलाई ज्ञान भएका कारण जापानिज रेस्टुरेन्ट संचालन गर्ने योजना बनाए । उक्त जापानी रेस्टुरेन्टमा पांच वर्षको अनुभव पछि उनले आफ्नै रेस्टुरेन्ट खोले ।

रेस्टुरेन्ट संचालनको आठ वर्षसम्म आइपुग्दा, रेस्टुरेन्टले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै आफ्नो व्यवसायलाई उत्कृष्ट बनाएको छ । जसकारण उक्त क्षेत्रमा संचालित २७ वटा अरु व्यवसायलाई पछि पार्दै सुसी बारले यो उपाधी जित्न सफल भयो। यसअघि सन् २०१३ र सन् २०१५ मा पनि निजी सुसी बारले आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर उपाधि जितेको थियो ।

Comments

comments