काठमाडौं। नायिका सृष्टि श्रेष्ठले बलिवुडमा डेब्यु गर्न लागेको खबर केवल हल्ला मात्र भएको बताएकी छिन् । उनले फेसबुक स्टाटस मार्फत समाचारको खण्डन गरेकी हुन् ।

नायिका सृष्टिले लेखेकी छिन् ,‘सुचना सम्भवत: पावर हुन सक्छ । तर, गलत सूचना दिनु पनि शक्तिको दुरपयोग हो । प्रिय प्रशंसकहरु, मैले भारतीय सिनेमामा डेब्यु गर्न लागेको भन्ने समाचारहरु गलत हुन् । कृपया अफवाह नफैलाउनुस ।’ समाचार फैलाउने सुरुको मूख्य स्रोत भने अझै पत्ता लागेको छैन ।

पछिल्लो समयमा नेपाली मिडियामा, सृष्टिले यशराज प्रोडक्सनको ‘सन्दीप और पिंकी फरार’मा अभिनय गर्ने समाचारहरु आइरहेका छन् ।

Comments

comments