हाम्रो समाजमा अझै पनि यौन र प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्ने चलन बसिसकेको छैन | तैपनि स्वास्थ्यका बारेमा सचेत हुनु सबैको लागि अत्यावस्यक हुन्छ | त्यसो त् खुलेर कुरा समेत गर्न नसकिने यौन प्रजनन समस्याका बारेमा जानकारी भएन भने हामी जानी जानी जटिल समस्या निमत्याई रहेका पनि हुन सक्छौं | कतिपय समस्या हरु हामीले बस्तिवाकता थाहा नपाउनाले र केहि भ्रमका पछि कुद्ने बानीले निम्त्याउन सक्छ | पछिल्लो समय विकास हुँदै गएको शैक्षिक चेतनाले किशोरी उमेरमा रजस्वला सुरु भए पछि महिलाले भोगिरहेका अनावस्यक झन्झट र रुढीवादी मान्यताबाट छुटकारा पाउन थालेका छन् | त्यसो त अझै पनि समाजमा तथ्यकुराहरुकै बीचमा बिभिन्न खाले भ्रम हट्न सकेको छैन |  प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो ।  रजस्वला  महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । हाम्रो समाजमा अहिलेपनि यसलाई पूर्वजुनिको पाप, नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिने गरिन्छ । यो  महिलाको लागि खुसीको कुरा हो र म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो । रजस्वलाका बारेमा  विभिन्न खाले नकारात्मक मान्यताहरु छन् त्यस बारे हामी केहि चर्चा गर्दै छौं |

१) महिलाहरुमा सामान्यतया हरेक एक  महिनाको अन्तरालमा  रजस्वलाको चक्र दोहोरिने गर्छ  । कतिपयले यस्तो महिनाबारी ठ्याक्कै २८ दिनमै हुनुपर्छ र नभएमा त्यो खतराको संकेत हो भन्ने ठान्छन् । सत्य त्यो होइन  २८ दिन केवल औषत मात्र हो । एक दुइ दिनको तल माथि भएमा आत्तिनु पर्दैन |

२) किशोरावस्थामा महिलामा नियमित महिनावारी हुन्छ भन्ने छैन । किशोरीहरुमा कहिलेकाहीँ दुइ महिनासम्म पनि महिनावारी नहुन सक्छ र त्यसपछि मात्र महिनावारी हुनसक्छ । यो सामान्य प्रक्रिया हो र यसमा आत्तिइहाल्नुपर्दैन । तर उमेर बढेसँगै वा युवा अवस्थामा प्रवेश गरेसँगै महिनावारी नियमित बन्दै जान्छ । केही दिनको अनियमितताबाट खासै चिन्ता मान्नु नपर्ने भएपछि युवावस्थामा समेत महिनावारीमा अनियमितता भयो भने चिकित्सककोमा सल्लाह लिन जानुपर्छ ।

३ ) किशोरावस्थामा महिनावारीका कारण कतिपय स्कुले किशोरीहरुले मनमा डर, चिन्ता तथा निरासा समेत लिनुपर्ने अवस्था आउनसक्छ र कतिपय अवस्थामा हिनताबोध समेत आउँछ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुपर्ने र पाका महिलाहरुले ख्याल गर्नु आवश्यक हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

४) महिनावारी हुनुपूर्व महिलालाई कुनैपनि पत्तो नहुने धारणा हुन्छ । तर त्यसो होइन महिनावारी हुनु ५ देखि ११ दिन पहिले देखि नै महिलामा अब महिनावारी हुँदैछ भन्ने खालका लक्षण देखा पर्छन् । त्यसमा टाउको दुख्नु, खुट्टा सुन्निनु, ढाड दुख्नु, पेट गडबड हुनु, स्तन फुल्नु  लगायतका हुन् ।

५) महिनावारीको बेला कम रगत बग्यो भने त्यस्ता महिलाको गर्भ रहँदैन भन्ने गलत धारणा छ । तर त्यो सही होइन । रगतको मात्रा महिला पिच्छे फरक हुनसक्छ ।

६) कतिपयले महिनावारी भएको समयमा यौन सम्पर्क गर्दा कुनैपनि हालतमा महिला गर्भवती नहुने र त्यो समय पूर्णरुपमा सुरक्षित हुने ठान्छन् । तर सत्य के हो भने महिनावारी अनियमित हुने महिलाहरुको हकमा अण्डा उत्सर्जन जुनसुकै समयमा पनि हुनसक्छ । त्यसैले महिनावारी भएको बेला हुने यौन सम्पर्कबाट समेत गर्भ रहनसक्छ । तर नियमित रुपमा महिनावारी हुने महिलाको हकमा भने महिनावारी भएको सुरुका ७ दिन लगभग सुरक्षित हुने बताइन्छ  ।

Comments

comments