एजेन्सी । साउदी अरबका ११ राजकुमार र मन्त्रीहरु समातिएका छन् । भ्रष्ट्राचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरेको हो ।

भ्रष्टाचार रोकथामका लागि नयाँ समिति गठन गरिएको चार घण्टामै उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएको छ । हिरासतमा लिइएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरुलाई कुन कसुरमा पक्राउ गरिएको भन्ने बारेमा पनि पुष्टि हुन नसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समितिका अध्यक्ष क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई पक्राउ पुर्जी जारी गर्ने र यात्रामा प्रतिवन्ध लगाउनसम्मको अधिकार प्रदान गरिएकाले समितिले राजकुमारदेखि मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेको बताइएको छ ।

श्रोतकाअनुसार पक्राउ पर्नेमा साउदी अरेवियाका राजकुमार अल वालिद बिन तलाल पनि छन् । तलाल केही वर्षअघि नेपाल पनि अएका थिए । तत्कालीन सरकाले नेपाल भ्रमणका दौरानमा उनलाई महाउज्जल राष्ट्रदीप विभूषणसहित सम्मान दिएको थियो ।

Comments

comments