एजेन्सी । भारतीय स्टार क्रिकेट खेलाडी विराट कोहलीले आइतबार अर्थात नोभेम्बर ५ मा परेको जन्मदिन मनाएका छन् । उनी आइतबार २८ वर्ष उमेर पुगेर २९ वर्ष लागेका छन् ।

न्युजिल्याण्डसंग ट्वेन्टी-ट्वेन्टी खेलिरहेको भारतीय टिमका कप्तान विराटले भारतीय टिमको ड्रेसिङ्ग रुममै केक काटेर जन्मदिन मनाएका छन् । बिसीसीआइले राखेको भिडियोमा उनी दुईवटा केक मध्ये एउटा केक काट्दै गरेका देखिन्छन् र शिखर धवनले विराटलाई केक खुवाउँछन् ।

तस्बिर स्रोत : BCCI twitter

ट्वेन्टी ट्वेन्टी खेलको तीन खेलको दोस्रो श्रृङ्खलामा भारत भने ४० रनले पराजित भएको छ ।

Comments

comments