काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको छ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।

पार्टीले टिकट नदिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले आयोगमा उजुरी दिएका थिए।

‍आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार विषेश अदालतको फैसला र निर्वाचन ऐनका आधारमा जोशीको उम्मेदवारी खारेज भएको हो।

Please follow and like us:

Comments