काठमाडौं । सुन्दरी प्रतियोगितामा सहभागी सुन्दरीहरुले शरीरको नाप सुनाउन नमानेको समाचार अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ। यसै साता सम्पन्न मिस पेरुको प्रतियोगितामा सहभागीहरुले शरीरको नाप बताउन अस्विकार गरेका हुन् ।

यसै साता सम्पन्न मिस पेरुका सहभागी उसैगरी बिरालो चालमा मञ्च अगाडि आए। दायाँबायाँ जीउ लच्काए। तर, आफ्नो जीउको नाप सुनाएनन्। बरु यस्तो तथ्यांक भने, जसले सुन्दरी प्रतियोगिता हेर्न आएका दर्शकलाई सिरिंग पार्यो।

उनीहरूले सुनाएको तथ्यांक दक्षिण अमेरिकी देशहरूमा जारी महिला हिंसासँग सम्बन्धित थियो।

‘मेरो नाम क्यामिला क्यानिकोबा हो। म लिमाको प्रतिनिधित्व गर्छु। मेरो नाप २,२०२ हो। मेरो देशमा नौ वर्षयता २,२०२ बालिका भ्रुण हत्याका घटना भए,’ पहिलो सहभागीले भनिन्।

उनलाई पछ्याउँदै दोस्रो सहभागीले भनिन्, ‘मेरो नाम क्यारेन क्युटो हो। म लिमाको प्रतिनिधित्व गर्छु। मेरो नाप ८२–१५६ हो। यस वर्ष मेरो देशमा ८२ बालिका भु्रणहत्या भए भने १५६ भ्रुणहत्याको कोशिस गरियो।’

सुन्दरी प्रतियोगितामा महिलालाई वस्तुका रूपमा प्रयोग गरियो भनेर संसारभरि आलोचना हुँदै आइरहेको समयमा मिस पेरुका २३ सहभागी सुन्दरीले भने यसपालि उक्त प्रतियोगितालाई महिला सशक्तीकरण अभियानमा प्रयोग गर्ने निर्णय गरे।

Comments