नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले सामदाम दन्डभेद सबै प्रयोग गरेर भएपनि मंसिरमा हुने  चुनाव आफ्नो पार्टीले जित्नुपर्ने बताउनुभएको छ ।

नवलपरासीको पुर्वी  खण्ड १ बाट प्रतीनिधि सभा सदस्यमा उठ्नुभएका कोइरालाले गैँडाकोटमा आयोजित चुनाव लक्षित चियापान कार्यक्रममा वाम गठबन्धनलाई हराउन जुनसुकै तरिका अपनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

तेस्रो पटक त्यही क्षेत्रबाट उठ्नुुभएका कोइरालाले वाम गठबन्धन साम्यवाद निर्दलीय व्यवस्था निम्त्याउन र संविधान परिर्वतन गर्न एक भएको आरोप लगाउनुभयो । उहाँले सुशील कोइरालाको हातबाट दिएको संविधान बचाउन कांग्रेसले जित्नैपर्ने दावी गर्नुभयो ।

यो पटक पनि वाम गठबन्धनले नवलपरासीको पूर्वीखण्डमा जित्न नसक्ने बताउदै कोइरालाले वाम गठबन्धनबाट कांग्रेसमाथि आक्रमण भएको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसले नवलपरासीको पूर्वीखण्डमा महामन्त्रीलाई उम्मेद्वार बनाएपछि चुनाव प्रसारप्रचार अभियानलाई तीव्र पारिएको छ । महामन्त्री कोइराला २०६४ र २०७० को संविधानसभा निर्वाचन नवलपरासी–१ बाट निर्वाचित हुनुभएको थियो ।

Comments