चितवन । चितवनको रत्ननगरमा धानझार्ने क्रममा थ्रेसरमा बेरिएर एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर–१५ स्थित माधवपुरमा नारायण न्यौपानेको खेतमा धान झार्दै गर्दा थ्रेसरमा परेर शुक्रबार अपरान्ह तीनबजेतिर कालिका नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय तपन बहादुर थापामगरको मृत्यु भएको हो ।

धानझार्ने क्रममा एक्कासी कपडा बेरिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

comments