बलीउडकी नायीका प्रियंका चोपडा बी टाउनको सबैभन्दा महंगो अभिनेत्रीको लिष्टमा सामेल भएकी छन् ।
प्रियंका चोपडालाई एक विज्ञापन कम्पनीले आफ्नो ब्राण्डको प्रमोटका लागि ११ करोड रुपैयाँको अफर दिएको छ । उक्त ब्राण्डले प्रमोटका लागि जतिसक्दो छिटो प्रियंकालाई लिन खोजेको बताइएको छ । यो अफरसंगै प्रियंका बलिउडको सबैभन्दा महंगो कलाकारको लिष्टमा सामेल भएकी हुन् ।

मेरी कोम फिल्मको सफलतापछि प्रियंकालाई कयौँ प्रोजेक्टको अफर आएको बताइएको छ । यसैवीच उनले अब आउने अर्को फिल्म बाजीराव मस्तानीको सुटिङपनि सुरु गरिसकेकि छिन् ।

Comments