मेलबर्न। अष्ट्रेलियाको अध्यागमन विभागले नक्कली विवाह गरेको शंका गरेपछि हरप्रित गरवाललाई पीआरको लागि अयोग्य ठहर गर्दै भारत फ़र्काइएको छ । अष्ट्रेलियाको पीआर भएकी महिलासंग पीआरको लागि मात्र बिहे गरेको भन्दै अष्ट्रेलियाको अध्यागमन विभागले श्रीमानलाई पीआर दिन इन्कार गरेको हो।

अधिकारिहरुका अनुसार आफ्नो सम्बन्धलाई प्रमाणित गर्नको लागि उनले कुनै बलियो प्रमाण पेश गर्न सकेनन् ।  श्रीमती र चार वर्षीय छोरोलाई छोडेर भारत फर्किएका उनले अब अष्ट्रेलिया जान चाहेमा भिसाको लागि फेरी आवेदन दिनुपर्नेछ ।

हरप्रित अष्ट्रेलिया बसेको १० वर्ष भयो। स्टुडेन्ट भिसामा आएका उनको भेट अष्ट्रेलियाको पीआर भएकी रुपिंदरसंग भयो र उनीहरुले २०१२ मा विवाह गरे । र, हरप्रित स्पाउस भिसामा रहे । त्यसपछि केही समस्या आएका कारण उनीहरु केही समय एक अर्कासंग अलग बसे। पछि फेरी संगै बसेका उनीहरुको एक छोरा छन् ।

यो जोडीले आफूहरु १० महिना मात्र अलग रहेको बताउँछ भने अध्यागमन विभागले उनीहरु १६ महिना मात्र संगै बसेको पाइएको बताउँछ । स्पाउस भिसामा कम्तिमा दुई वर्ष संगै बस्नुपर्छ । अध्यागमन विभागले हरप्रितले केवल पीआरको लागि विवाह गरेको समेत शंका गरेको छ । यो जोडीले अध्यागमनको यो जवाफलाई अदालतमा पुर्याउन खोजेपनि अदालतले खारेज गरिदियो ।

यदि अध्यागमन विभागले आफ्नो निर्णय फेरेना भने श्रीमती र छोरोलाई छोडेर हरप्रित भारत फर्किनुपर्ने हुन्छ ।

समाचार, तस्बिर स्रोत : SBS news

Comments

comments