मेलबर्न । अष्ट्रेलियाको नागरिकताको लागि आएको नयाँ नियम फेल भएको छ जसलाई कडा नियम र सजिलोसंग परिक्षा पास गर्न नसकिने नियम भनिएको थियो । तर SBS News का अनुसार, पुरानै नियममा पनि आवेदन दिने धेरै मानिस फेल भएका छन्।

२०१६/१७ मा नागरिकताको लागि आवेदन दिएकामध्ये १८ सय ६६ जना फेल भएका थिए । जसमा तिन पटक भन्दा बढी फेल भएकाहरुको संख्या १७ सय ५९ रहेको छ । फेल भएको नागरिकता सम्बन्धिको प्रस्तावमा तीन पटक पटक सम्म फेल हुनेहरुले २ वर्षसम्म फेरी परिक्षा दिन नपाउने नियम थियो ।

गत वर्षको यो आंकडा हेर्दा, यदि नागरिकता सम्बन्धि नयाँ प्रस्ताव पारित भएको भए, धेरै जना अष्ट्रेलियाको नागरिक हुने अवसरबाट गुम्ने सम्भावना रहेको प्रष्ट हुन्छ । प्रस्तावित नियम फेल भएपनि त्यसलाई परिमार्जन गरि नयाँ नियम आउन सक्ने भन्दै, नागरिकता लिनको लागि यो सही समय भएको, विभिन्न अधिकारिले बताएका छन् ।

तस्बिर स्रोत

Comments