मेलबर्न । अष्ट्रेलियावासी लेखकले नेपालमा स्कुल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । सिड्नीमा वसोवास गर्ने गेभिन म्याकर्मेकले नेपालमा दुईवटा स्कूलहरुको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताएका हुन् ।

बालबालिकाको लागि तीनवटा पुस्तक लेखेका गेभिन यस वर्षको जनवरी महिनामा पहिलो पटक नेपाल गएका थिए । उनले गत जुलाई महिनामा नवलपरासी जिल्लाको एउटा स्कूल बनाउन सहयोग गरेका थिए। आफ्नो आगामी योजना सार्वजनिक गर्दै गेभिनले २५ डिसेम्बर सम्ममा दोस्रो स्कूल निर्माण गरिसक्ने समेत बताएका छन्।

लेखक मात्र नभएर गेभिन म्याकर्मेक शिक्षक समेत हुन् ।

समाचार तथा तस्बिर स्रोत : SBS Nepali

Comments