एजेन्सी। सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो । सो आरोपपछि मेस्सीले कानूनी कारबाहीका लागि पत्रिका विरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको फैसला स्ट्राइकर लियोनल मेस्सीको पक्षमा भएको छ।

पत्रिकाले त्यो एक विचार प्रदान लेख मात्रै भएको बताए पनि अदालतले मेस्सीमाथि अनावश्यक आरोप लागेको, उनको सामाजिक प्रतिष्ठामा आँच आएको जनाएको छ ।

मुद्दा जितेर क्षतिपूर्ति वापत मेस्सिले ८३ हजार अमेरिकी डलर पाएका छन् । सामाजिक सेवामा समेत आफूलाई सक्रिय राख्ने मेस्सीले उक्त रकम ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग स्वरुप दिएका छन् ।

Comments

comments