काठमाडौं । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन दर्ता गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार हापराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षर्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके तर उनले हात उठाएर अभिवादन गर्दै व्यंग्यात्मक शैलीमा भने ‘मसँग हात मिलाउँदा फेरि सरुवा होला नि’

प्रहरी प्रमुख बन्न अदालतको ढोका ढक्ढक्याउँदा सफल नभएपछि राजीनामा दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका सिलवालले ललितपुर–ि१ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

सिलवाललाई ‘स्यालुट’ गरेकै कारण उनको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी आभूषण तिमल्सिनाको सरुवा भएको एमाले वृत्तमा चर्चा छ । एमाले वृत्तमा यो चार्चासँगै मनोनयनका क्रममा उनले प्रहरी अधिकारीमार्फत व्यंग्य गर्दे सरुवाको प्रसंग निकाले ।

उनको प्रतिस्पर्धा कांग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशमशेर जबरासँग हुँदै छ ।

Please follow and like us:

Comments