काठमाडौँ । च्याम्पियन्स लिग अन्रगत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड इङ्लिस क्लब टोटनह्याम हटस्पर्ससँग पराजित भएको छ।

लण्डनस्थित वेम्ब्ली रंगाशालमा भएको समूह एच अन्तरगत दोस्रो लेगको भिडन्तमा रियललाई स्तब्ध पार्न टोटनह्यामका डेली अली नायक सावित भए ।

फिफा वर्ष खेलाडी रोनाल्डोलाई छायामा पार्दै अलीले खेलको २७ औँ मिनेटमा पहिलो गोल गरे । पहिलो हाफमा १–० को अग्रता जोगाएको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ५६ औँ मिनेटमा अलीले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भए ।

त्यसपछि खेलको ६५ औँ मिनेटमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले अर्को गोल थपेपछि रियल मड्रिड ३–० ले पछि पर्यो । तीन गोलले पछि परेको अवस्थामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ८० औँ मिनेटमा एक मात्र सान्तवना गोल गर्न सफल भए ।

यो जितपछि टोटनह्याम ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ भने पराजित रियल मड्रिड ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Please follow and like us:

Comments