काठमाडौं । १०० वर्षिया वृद्धाको बलात्कारका कारण मृत्यु भएको छ। यो अकल्पनीय घटना भारतको उत्तरप्रदेशमा घटेको हो ।

१०० वर्षिया ती वृद्धा बिरामी थिईन् । उनलाई रक्सि पिएर आएका एक २४ वर्षीय अंकित पुनिया नाम गरेका युवकले बलात्कार गरेका हुन् । बलात्कार पछि ती युवक भाग्ने कोसिस गरेका थिए ।

तर, वृद्धा चिच्याएको आवाज सुनेर आएका उनका भाइ तथा छिमेकीले ती युवकलाई पक्रन सफल भए । बृद्धा आफ्ना भाइसंग बस्ने गर्थिन् ।

आरोपी युवक अंकित अहिले प्रहरी हिरासतमा छन्।

Please follow and like us:

Comments