काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजलमा डेढ रुपैयाँ पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
अब पेट्रोलको भाउ प्रतिलिटर १ सय रुपैयाँ, डिजेल र मटितेल लिटरको भाउ ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ । यस्तै ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० पुर्‍याइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

भारतीय आयल कर्पोरेशनले बुधबार नयाँ भाउ पठाएपछि नेपालमा पनि भाउ बढाइएको उहाँले जानकारी दिनुभयो । भाउ नबढाएको भए निगमलाई मासिक २२ करोड रुपैयाँ घाटा लाग्ने पनि प्रवक्ता गोइतले जानकारी दिनुभयो । यसअघि गएको असारमा पनि मूल्य समायोजन भएको थियो । असारमा कच्चा तेलको भाउ ५० डलर रहेकोमा अहिले बढेर ६० डलर पुगेको छ ।

Please follow and like us:

Comments