मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कामदार बनेर घरमा आई ठगी गर्ने गिरोह सक्रिय भएको छ ।

पुलिससम्म अहिले यस्ता थुप्रै घटनाहरु पुगेका छन्। घरमा कुनै पनि खालको काम गर्ने बाहानामा उनीहरु आउन सक्छन् र आफू समस्यामा परेको झुठो कथा सुनाएर घरधनीबाट सहयोगको नाममा ठगी गर्छन्।

उपभोक्ता मन्त्रालय र भिक्टोरिया सरकारले यो ठगी गिरोहबाट सचेत रहन सबै भिक्टोरियावासीलाई आग्रह गरेको छ। यस सम्बन्धि सचेत गराउनको लागि सरकारले सचेतना कार्यक्रम समेत सुरु गरिसकेको छ।

Comments

comments