मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा जलाएर हत्या गरिएकी महिलाका पति गिरफ्तार भएका छन् ।

sbs news का अनुसार, चार वर्ष पहिले ३२ वर्षिया भारतीय महिला परविन्दर कौरको सिड्नी स्थित आफ्नै घरमा जलाएर हत्या गरिएको थियो। प्रहरीले बुधबार बिहान परविन्दरका पतिलाई गिरफ्तार गरिएको हो ।

घटना स्थलमा हत्याको कुनै पनि खालको प्रमाण नभेटिएको र घटना जटिल प्रकृतिको भएको हुनाले अनुसन्धानमा समय लागेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार, परविन्दर र उनका पतिबीच सम्बन्ध विच्छेदलाई लिएर झगडा हुने गरेको थियो र त्यस अगाडी पनि परविन्दरलाई मार्ने प्रयास गरेका थिए। यो कुरा प्रहरीले २०१५ मा थाहा पायो ।

घटनाको दिन पति पत्नी बीच पैसाको विषयलाई लिएर विवाद भएको थियो। घटनापछि जलिरहेकी श्रीमतीको शरीरको आगो निभाउने प्रयास गरिरहेको अवस्थामा अभियुक्त देखिएका थिए ।

तस्बिर स्रोत : sbs news 

Comments

comments