काठमाडौं । मौसमविदहरुको पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तरार्द्वको वर्षा ‘पोस्ट मनसुन’ को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ । यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको छ ।

यसअघि मौसमजिदले सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए । तर, वायुमण्डलमा रहेको न्यून चापिय क्षेत्र (बर्षा गराउने प्रणाली) को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ ।

यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापिय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनु भयो ।

Comments

comments