झापा । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले क्षेत्र नम्बर ३ राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई छाड्न नमानेपछि झापामा नयाँ गठबन्धन बनेको छ ।  अब लिङ्देनलाई वाम गठबन्धनले सघाउनेछ भने अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सघाउने छ ।

कांग्रेसका उम्मेदवार हराउन वाम गठबन्धनलाई सहयोग गर्ने आन्तरिक सहमति भइसकेको राप्रपाका एक नेताले बताए । वाम गठबन्धनले राप्रपा महामन्त्री लिङ्देनलाई नै सघाउने निर्णय गरिसकेको एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि पुष्टि गरे ।

एमाले नेता देवेन्द्र दाहालका अनुसार झापा–३ मा गठबन्धनले राप्रपा उम्मेदवारलाई सघाउने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सघाउने सहमति भएको छ ।

Comments

comments