पाँचथर । लामो समयदेखि पाँचथर याङ्वरक गाउँपालिका–३ आयोम तेमुना बस्तीका किसानले गाईभैसीको दूध चिया, दही, मोही, घिउ बनाएर खाई मास्ने गर्दथे । नसकिएको छरछिमेक र आफन्तलाई बाँडेर, कोशेली दिएर सकाउँथे ।

गत वर्षको फागुन यतादेखि भने उनीहरुले त्यसो गर्न छोडेका छन् । उपभोग गर्नु परे सीमित मात्र गर्ने गरेका छन् । बाँकी थोरै मात्र किन नहोस् दूध बजार पठाएर धमाधम पैसा साट्न थालेका छन् ।

गएको फागुनदेखि तेमुनामा सञ्चालित तुमना खुग्ध डेरी उद्योगले किन्न थालेपछि किसानले खाई मास्ने गरेको दूध बेच्न थालेका हुन् ।

Comments

comments