काठमाडौं । ९ जनाको हत्या गरि शव टुक्रा टुक्रा पारेर राखेको कोठाबाट २७ बर्षीय युवा पक्राउ परेका छन् । अकल्पनिय र अत्यासलाग्दो यो घटना जापानमा घटेको हो ।

एनएचके टेलिभिजनका अनुसार, हाचिओजीबाट बेपत्ता २३ बर्षिया युवतीको खोजी गर्ने क्रममा प्रहरी ती युवासम्म पुगेको हो । प्रहरीका अनुसार बेपत्ता किशोरीले आफुले आत्महत्या गर्न लागेको भन्ने म्यासेज परिवारमा पठाएकी थिइन् । जुन म्यासेज २७ वर्षीय ती युवाको कोठा नजिकैबाट पठाएको देखिएको छ ।

उक्त कोठामा तापक्रम मिलाउने एक एसि बक्समा दुई जनाको शव टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो भने अन्य ७ जनाको शव कोठामा प्याक गरिएको अवस्थामा टुक्रा टुक्रा अवस्थामा भेटिएको हो ।

शव भेटिएका ९ जना मध्ये ८ जना महिला र एक पुरुषको शव रहेको छ । अनुसन्धान गरिरहेको प्रहरीले जापानको इतिहाँसमै यो एक क्रुर घटना भएको भएको बताएको छ ।

Comments

comments