काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजारमा चलान गरिएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ परेको ढुंगेललाई काठमाडौं जिल्ला अदालतले सदरखोर चलान गर्न आदेश दिएको हो ।

उनी जेल चलान भएसँगै १९ वर्ष अघि ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको प्रमाणित भएको छ । सर्वोच्च अदालतले दोषी ठहर गरेको ढुंगेललाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो । ढुंगेलले अब १२ वर्ष ५ महिना २२ दिन कारागारमा बिताउनुपर्ने भएको छ ।

Comments

comments