घरमा , विद्यालयमा, काममा,  साथीभाइको बीचमा वा  अन्य कुनै ठाउँमा तपाइंको अवस्था कस्तो छ ? तपाइ आफुलाई सहज महसुस गर्नु भएको छ या छैन वास्तविक कुरा आफ्ना नजिकका मानिसलाई भन्नुहोस | तपाईंका कतिपय समस्याका हल उनीहरु सँग हुन् सक्छ | सानो भन्दा सानो समस्याकै कारणले  मानसिक बिछिप्त्तता भोगिरहनु परेको अवस्थामा कसैले  ” आर यु ओके ?  भनेर सोधी दिंदैमा पनि जोखिममा रहेको कसैको ज्यान बच्न सक्छ | यो तथ्यलाई मध्येनजर गर्दै  अष्ट्रेलियामा केहि बर्ष यता “आर यु ओके ?” ( के तपाईलाई ठिक छ ?) दिवस मनाउने प्रचलन छ | सेप्टेम्बर १० मा  विश्व आत्महत्या रोकथाम दिवस मनाइएको भोलि पल्ट आज सेप्टेम्बर ११ मा अस्ट्रेलियामा भने  ” आर यु ओके ? ”  दिवस मनाइन्छ | पाँच अघि २००९ मा  ग्याभिन लार्किन र जनिना नियर्न ले एक गैर सरकारी संस्था स्थापना गरि आत्महत्या रोकथाम अभियानको रुपमा सुरु  भएको  ” आर यु ओके ? ” दिवस अहिले राष्ट्रिय रुपमा नै मनाउन सुरु गरिएको छ |

सकेसम्म तपाई आफ्ना समस्याहरु सँग आफै जुध्न खोज्नु हुन्छ | तपाई आफ्नो बारेमा जति ख्याल गर्नु हुन्छ त्यति अरुको बारेमा सोच्ने र ख्याल गर्ने फुर्सद र चासो कम नै हुन्छ | कहिले कहिँ तपाई आफैलाई पनि लाग्दो हो मलाई किन अरु कसैले ख्याल गर्दैनन् ? वास्ता गर्दैनन् ! कतै मलाई एक्लो त बनाएका छैनन् | त्यसो त सोधखोज गरि रहने आफन्त मित्र साथीभाइले समेत कहिले कहिँ चाहेर वा  नचाहेर नै तपाइलाई वास्ता नगरेका पनि हुन सक्छन् | बेवास्ताको कारण  पछिल्लो समय मानिसमा एक्लोपनको समस्या बढ्दै गएको  अध्ययनले देखाएको छ | एक्लोपनका कारण उत्पन्न हुने मानसिक पीडाले मानिसलाई कहिलेकाहीं जीवन देखि नै निराश तुल्याई दिने गर्छ | परिणाम कतिपयले आत्महत्या समेत अंगालेको गम्भीर उदाहरण छन् | मानसिक बिरामी भएका मानिसलाई समयमा सोधपुछ,परामर्श, उपचार र पुनरावलोकन अत्यन्त जरुरि हुन्छ | मनोसामाजिक परामर्श पहिलो चरणमा व्यक्तिको समस्या थाहा पाउन सोधपुछ बाट नै सुरु गरिन्छ त्यसैले कम्तिमा के तपाईंलाई ठिक छ ? भनेर प्रश्न गर्दा आउने जवाफबाटनै कतिपय समस्याको पहिचानगर्न सकिने परामर्शदाताहरु बताउँछन्  |

अष्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार हरेक बर्ष ६५ हजार मानिसले आत्महत्याको प्रायस गर्छन् जसमा औसत २हजार ३ सय २० जनाले आत्महत्या गरेका छन् | अध्ययनले उल्लेख गरे अनुसार ४५% अष्ट्रेलियन नागरिकले आफ्नो जीवनकालमा मानसिक रोगको सामना  गरेका हुन्छन् | त्यसो त हरेक बर्ष २०%  अष्ट्रेलियान नागरिक नयाँ मानसिक रोगी बन्ने गरेका छन् | 

Comments