मेलबर्न। नेपाली विद्यार्थीहरुको लागि परामर्श, नि:शुल्क बरिस्ट तालिम आदि प्रदान गर्दै उनीहरुको सहयोगी साथी बन्दै आएको बिएमडब्लु एजुकेशनले फेरी अर्को सेवामूलक कार्यक्रम लिएर अगाडी आएको छ।

अष्ट्रेलियामा पढ्दै गरेका नेपाली विद्यार्थीहरुलाई एकातिर कलेजको फि तिर्न चाहिने पैसाले तनाव दिइरहेको हुन्छ भने अर्कोतिर महंगा कोर्सबुकहरुले झन आर्थिक भार थपिदिएका हुन्छन् । विद्यार्थीहरुको समस्या बुझेको बिएमडब्लुले ‘बिएमडब्लु लाइब्रेरी’ मार्फत विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएको हो ।

बिएमडब्लु लाइब्रेरी के हो ?

बिएमडब्लु लाइब्रेरी बिएमडब्लु एजुकेशनद्वारा संचालित लाइब्रेरी हो । यहाँ अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरुको लागि कोर्सबुक र नेपाली समुदायको लागि नेपाली भाषा र साहित्यका पुस्तकहरु उपलब्ध हुन्छन्।

बिएमडब्लु लाइब्रेरीबाट कसरि पुस्तक लिन सकिन्छ ?

– सबैभन्दा पहिले तपाईंले कल वा म्यासेज गरेर पुस्तक बुक गर्नुपर्ने हुन्छ । बिएमडब्लुको ल्याण्डलाइन नम्बर 0396143440 मा कल गर्नुहोस् अथवा
0426954704 वा 0431578352 मा म्यासेज गर्नुहोस् ।
– लाइब्रेरीमा तपाईंले सम्पर्क गरेको समयमा उक्त पुस्तक उपलब्ध छ भने, तपाईंको नाममा बुक गरिन्छ।
– फोनमार्फत पुस्तक बुक गरेपछि तपाईं लाइब्रेरी गएर उक्त पुस्तक ल्याउन सक्नुहुन्छ।
– पुस्तक ल्याउँदा २० डलर डिपोजिटको रुपमा राखिन्छ।
– तपाईंले उक्त पुस्तक, एकपटकमा दुई हप्ता राख्न सक्नुहुन्छ।

बिएमडब्लु एजुकेशनले संचालन गरेको यो कार्यक्रम नितान्त सेवामुलक भएको बताउँदै संचालक मध्येका एक सरोज खनाल भन्छन् , ” अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीहरुको प्रमुख समस्या आर्थिक समस्या हो, त्यसैले हामीले उनीहरुको समस्या समाधान गर्नको लागि केही हदसम्म भएपनि सहयोग गर्न सक्थ्यौं की, भन्ने मनसायलाई यो लाइब्रेरी स्थापना गरेका हौँ भने अर्कोतिर, अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई नेपाली साहित्य पुस्तकको तिर्सना मेटाउने र नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यसंग परिचित गराउने हाम्रो उद्देश्य हो ।”

बिएमडब्लु लाइब्रेरी Suite 218 Level 2 530 little Collins st Melbourne Vic 3००० मा रहेको छ ।

Comments

comments