मेलबर्न । इमिग्रेसन, मल्टिकल्चरल अफेयर्स तथा सिटिजनशिपका स्याडो मिनिस्टर टोनी बुर्केले अष्ट्रेलियाको नागरिकता लिन चाहनेहरुले छिटो भन्दा छिटो नागरिकताको लागि आवेदन दिन आग्रह गरेका छन् ।

SBS Arabic24संग कुरा गर्दै मन्त्री टोनीले सबै अष्ट्रेलियाप्रेमीहरुलाई यो सुझाव दिएका हुन्। नेशनल ओपन मस्क डेमा उपस्थ्तित भएका मन्त्री टोनीले अष्ट्रेलियालाई बहुसांस्कृतिक बनाउनुपर्ने र अष्ट्रेलियालाई माया गर्ने मानिसहरुलाई नागरिकतामा सहजता हुनुपर्ने बताउंदै अहिले नागरिकता परिक्षाको नयाँ प्रस्ताव फेल भएकोमा आफू खुशी भएको बताएका छन् ।

अहिले फेल भएको नागरिकता परिक्षालाई कडा बनाउने प्रस्ताव केही परिमार्जन भएर आउन सक्ने र सधै भरि त्यो प्रस्ताव अस्वीकृत हुने सम्भावना नहुने हुँदा, यो समय अष्ट्रेलियाको नागरिकता लिन चाहनेहरुको लागि उत्तम रहेको उनले बताएका हुन् ।

Comments

comments