काठमाडौं। कोरियन अभिनेता किम जू ह्युकको कार दुर्घटनामा परेर निधन भएको छ । सोमबार दिउसो ४:३० बजे सोलमा दुर्घटनामा परेर उनको निधन भएको हो।

अपार्टमेन्ट गइरहेका ४५ वर्षीय किमको कारमा आगो लागेपछि उनलाई तुरुन्त उद्धार गरि अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका उनको अस्पतालमै निधन भयो ।

किमले बेस्ट सपोर्टिंग रोलको लागि गत शुक्रबार अवार्ड पाएका थिए । अभिनेत्री ली यु योङ्ग संग सम्बन्धमा रहेका उनले “Argon”, “Letters Written on a Cloudy दे”, “Yourself and Yours”, “Confidential Assignment” लगायत चलचित्रमा अभिनय गरेका छन् ।

Please follow and like us:

Comments