गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो  गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको छ  ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।

दुर्घटनमा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानिले उद्धार कार्यमा जुटि रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । माइक्रो बसमा चालकसहित १५ जना थिए । दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments