एजेन्सी । सोमालियास्थित मोगादिसुमा सुरक्षा व्यवस्था कमजोर भएका कारण घटना भएको आरोप लगाउँदै सोमालियाका प्रहरी प्रमुख तथा गुप्तचर सुरक्षा प्रमुख लाई सरकारले बर्खास्त गरेको छ ।

मृतक सङ्ख्याबारे मन्त्रीपरिषद्लाई जानकारी गराउँदै सोमालियका गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बखास्तीका लागि प्रस्ताव राख्नुभएको थियो ।

प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । शनिबार मोगादिसुमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २७ पुगेको सरकारले अधिकारीहरुले जनाएका छन् ।

Comments

comments