काठमाडौ । फ्रेन्च क्लब पीएसजी गएका स्टार खेलाडी नेइमारले बार्सिलोना पुगेर मेसी, स्वारेज र पिकेलाई भेटेका छन् । फ्रेन्च लिग खेलिरहेका नेइमारलाई एक खेलको प्रतिबन्ध लागेकोले उनी बार्सिलोनाको भ्रमणमा निस्किएका हुन् ।

नेइमारले इन्सटाग्राममा फोटो पोस्ट गरेर उक्त भेटको बारेमा जानकारी दिएका हुन् । नेइमारले फोटोको क्याप्सन लेखेका छन्, ‘यस्ता दिन थिए, मैले मेसी र स्वारेजसँग समाचार सेयर गरिरहेको हुन्थेँ । फेरि भेट्न पाउँदा खुशी लाग्यो ब्रदर ।’

बार्सिलोनाले पनि उक्त भेटका फोटोहरु सार्वजनिक गरेको छ।

Comments

comments