काठमाडौं । पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाट गरेको १० अर्ब  रुपैयाँका योजना रद्द हुने भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदको नाममा छुट्याएका सम्पूर्ण योजना रद्द गर्न निर्वाचन आयोगले सरकालाई आइतबार निर्देशन दिएको हो ।

निर्वाचनको स्वतन्त्रा, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसदकै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘पूर्वसांसदले सिफारिस गरेको सम्पूर्ण योजना रद्द गर्ने निर्देशन दिएका छौं,’ ढकालले भने, सम्बन्धित निकायले रकम खर्च नगरी रोक्का राख्न भनेका हौं ।’

Comments

comments