काठमाडौं । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ ।

उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गडी चलाउन ड्रइभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए । प्रहरीले सुन बरामद भएलगत्तै  तस्करीको सुन ओसार्न प्रयोग गरिएको गाडी चलाएको माानोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो ।

तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशस्त्र प्रहरीको शंकास्पद भूमिकामाथि छनविन सुरु गरेको थियो । प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो ।

Please follow and like us:

Comments