सिरहा । कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको साथी बाटै भएको रहस्य खुलेको छ ।

कुशुमलाला यादवका छोरा भवेशको हत्या साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको पाइएको प्रहरीले जनाएको छ । बालक हत्यामा संलग्न अभियुक्त १४ वर्षीय सञ्जय र १६ वर्षीया प्रियंकालाई मिर्चैया इलाकाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरीक्षक गज्जुसिद्धि बज्राचायका अनुसार प्रियंका भवेशका ठूलोबुवाको छोरी हुन् । धनुषा धनौजीकट्टी–५ का सञ्जय कर्जन्ह–२ मा बसेर पढदै आएका थिए । भवेश र सञ्जय गाउँमा जहिले सँगै खेल्ने गर्थे ।

कात्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियंकासँग सञ्जयले यौनसम्पर्क राखेका रहेछन्’, प्रहरी नायब उपरीक्षक बज्राचायले पत्रकार सम्मेलनमा भने, ‘त्यो दृश्य भवेशले देखेका थिए । त्यसैले अरूलाई सुनाइदिन्छ कि भनेर प्रियंका र सञ्जयले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’

Comments

comments