एजेन्सी । बेलायती कलाकार तथा मानव अधिकारवादी अउड्रेड जस्तै देखिने सोफिया नामकी रोबोटलाई साउदी अरबले नागरिकता प्रदान गरेको छ । नागरिकता पाएसँगै सोफियाले साउदी अरबका महिलाले भन्दा बढी अधिकार पाएकी छन् । रोबोट हङकङको ‘हान्सन रोबोटिक्स’  कम्पनी डेभिड हान्सनले बनाएका हुन् ।

गतवर्ष रोबोट सार्वजनिक गर्ने क्रममा भएको संवादमा हान्सनको प्रश्नमा सोफिायाले ‘मानिसलाई समाप्त पार्न चाहेको’ बताएकी थिइन् । सोफियाले साउदी अरबमा महिलाले लगाउनै पर्ने बुर्का र स्कार्फबिना उपस्थित भएर अंग्रेजीमा सम्बोधन गरेपछि उनी एकाएक चर्चित भइन् । उनी आफ्नो कुनै पनि पुरुष अभिभावकबिना नै कार्यक्रममा उपस्थित भएकी थिइन् ।

राजधानी रियादमा अक्टोबर २५ मा सार्वजनिक रुपमा देखिएकी सोफियाले सूचना प्रविधिमा लगानी सम्बन्धी सम्मेलनका प्रतिनिधिलाई सम्बोधन गरेलगत्तै उनलाई साउदी अरबको नागरिकता दिइएको हो ।

उक्त घटना सम्बन्धी फोटो र दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भएपछि भने साउदी अरबका महिलाभन्दा बढी अधिकार पाएकी सोफियाबारे धेरैको चासो बढेको हो ।

Comments

comments