काठमाडौं। लोकप्रिय कवि विप्लव प्रतीकले पाठक समक्ष आफ्नो पहिलो उपन्यास ‘अविजित’ लिएर आएका छन् ।

पुस्तकलाई बुकहिल पब्लिकेशनले प्रकाशन गरेको हो । प्राध्यापक केदारभक्त माथेमा, चिन्तक प्रदिप गिरि र कवि दुर्गालाल श्रेष्ठले कृति सार्वजनिक गरेका थिए। कार्यक्रममा दीप श्रेष्ठले विप्लव लिखित उनकै गीत ‘हर रात सपनीमा ऐँठन हुन्छ’ गाएर सुनाएका थिए।

सरल लेखनले गहिरो भाव व्यक्त गर्ने विप्लवले उपन्यासमा, पाठकहरुलाई पूरानो कालखण्डमा लगेर आफू जन्मे हुर्केको काठमाडौंको यात्रा गराउने प्रयास गरेका छन्।

कार्यक्रममा पुस्तकको बारेमा बोल्दै चिन्तक प्रदिप गिरीले बताए , “यसका मुख्य पात्रको प्रथम प्रेम के हो भन्ने नै थाहा पाइँदैन, तै पनि उ निरन्तर संघर्ष गर्छ र अरुहरुको निम्ति उसले गरेको लडाइँ २०४६ सालको घटनाक्रममा पुगेर टुंगिन्छ।”

पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ।

Comments

comments