मोरङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिलेका  कारण नै संयुक्त मोर्चा गठन हुन नसकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनका लागि कांग्रेस लचिलो भएमा तालमेल हुन सक्ने बताउनुभयो ।

उहाँले प्रदेश नम्बर २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताउनुभयो । अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरी कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने सम्बन्धमा निश्चित नभएको जानकारी दिनुभयो ।

नेता यादवले संविधानको पुनःलेखन र संविधान संशोधनको माग पार्टीले नछाडेको बताउँदै आगामी निर्वाचनवाट नै यसको छिनोफानो हुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले निर्वाचन आयोगले आफू स्वतन्त्र छु भन्ने विश्वास जनतामा दिलाउन तोकिएको समयमै स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments