मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो घरदेखि टाढा दिन रातको व्यस्त जीवन बिताइरहेका छन्। घरको सम्झनाले सताए पनि आफ्नो मनको भावना लुकाएर दैनिक काममा खटिनुपर्ने बाध्यता छ । यहि अवस्थालाई चित्रण गरिएको एक्सिसको म्युजिक भिडियो ‘सात समुद्र पारि’ सार्वजनिक भएको छ ।

कल्याण सिंहको शब्द रहेको यस गीतको म्युजिक भिडियो अष्ट्रेलियामा छायांकन गरिएको हो। सुनोद श्रेष्ठको निर्देशन तथा प्रविन श्रेष्ठ र उज्वल ढकालको सम्पादन गरेको म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, सौरभ मानन्धर, विराज खड्का, सुरभी मानन्धर, प्रेरणा थापा लगायतले अभिनय गरेका छन् ।

घर गाउँ एल्बममा रहेको यो गीतको म्युजिक भिडियोलाई डिजिटल कि प्रोडक्सन र एस इभेन्ट्स एण्ड मल्टिमिडियाले निर्माण गरेका हुन् ।

Comments