काठमाडौं । अमेरिकाको फ्लोरिडा स्थित आरल्याण्डो शहरमा बस्ने एक जोडीले अनलाइन बजार अमेजनसँग सामान मगाए । उनीहरुले एउटा कार्ड मगाएका थिए। तर, आयो ४२ किलोको पार्सल ।

पार्सल पाउँदा ती जोडी अचम्भित बने। उक्त पार्सलबाट नमिठो गन्ध समेत आइरहेको थियो । त्यसैले उनीहरुले पुलिस बनाए। पुलिस आएर पार्सल खोल्दा भेटियो, गाँजा । यो घटना ट्वीटरबाट समेत सार्वजनिक भएको थियो।

पुलिसले यसबारे अमेजनका कर्मचारीसँग कुरा गरेता पनि यस्तो गल्ती कसरी भयो त्यो पत्ता लाग्न सकेन। ती जोडीको सुरक्षाका कारण नाम उजागर गरिएको छैन ।

Comments

comments